भीम रावलसहित सुदूरपश्चिमका ३ एमाले नेताको टिकट खोसियो
धनगढीः नेकपा एमालेमा नेतृत्वसँग फरक मत राख्ने नेताहरुको टिकट खोसिएको छ। अनौपचारिक सुत्रबाट प्राप्त भएको प्रतिनिधि सभामा एमालेबाट उम्मेदवार हुने नेताको सूचीमा एक दर्जनभन्दा बढीको टिकट खोसिएको छ। विगतमा चुनाव जित्दै आएका तर पार्टी नेतृत्वसँग फरक मत राख्ने देहायका नेताहरुको टिकट खोसिएको हो।
अछाम–१ बाट विगतमा निर्वाचित भीम रावल
कञ्चनपुर–३ बाट विगतमा निर्वाचित दीपकप्रकाश भट्ट
बझाङबाट विगतमा निर्वाचित भैरवबहादुर सिंह
रूपन्देही–३ बाट विगतमा निर्वाचित घनश्याम भूसाल
सिन्धुली–१ बाट विगतमा निर्वाचितगणेश पहाडी
झापा–२ बाट विगतमा निर्वाचित पवित्रा निरौला खरेल
दैलेख–२ बाट विगतमा निर्वाचित राजबहादुर बुढा
दोलखाबाट विगतमा निर्वाचित पार्वत गुरुङ
मकवानपुर–१ बाट विगतमा निर्वाचित कृष्णप्रसाद दाहाल
पाल्पा–१ बाट विगतमा निर्वाचित दलबहादुर राना
बाँके–३ बाट विगतमा निर्वाचित नन्दलाल रोकाया
सुर्खेत–२ बाट विगतमा निर्वाचित नवराज रावत
म्याग्दीबाट विगतमा निर्वाचित भूपेन्द्र थापा