सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामचन्द्रविरुद्ध कांग्रेस नेता गोविन्द भट्टराई चुनाव लड्ने

२०७९ असोज २२, ०१:३७ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा रामचन्द्र पौडेलविरुद्ध बागी उठ्ने चेतावनी दिएका छन्। समानुपातिकको बन्द सूचीको अन्तिमतिर आफ्नो नाम राखिएपछि फिर्ता लिएका भट्टराईले आज फेसबुकमार्फत उम्मेदवारी दिन लागेको संकेत गरेका हुन्।

भट्टराईले भनेका छन्– पार्टीको टिकटको पछि लाग्नुभन्दा तनहुँ क्षेत्र १ का मतदाता समक्ष आफूलाई प्रस्तुत गर्नु नै उत्तम विकल्प हो भन्ने ठानेको छु। यसका लागि सबै साथीहरूलाई तयार रहनु अनुरोध गर्दछु।

नेविसंघका पूर्व अध्यक्ष समेत रहेका भट्टराईले २०७४ मा प्रदेशको टिकट पाए पनि एमालेका रामबहादुर गुरुङसँग पराजित भएका थिए। उनी विश्वप्रकाश शर्माभन्दा अगाडिकै नेविसंघ अध्यक्ष हुन्।

कमेन्ट लोड गर्नुस