कञ्चनपुरका दुई नेताले एमाले छाडे
धनगढीः कञ्चनपुरका दुई नेताले एमाले छोडेका छन्। प्रदेश सभा सदस्यको टिकट नपाएका प्रदेश कमिटी सदस्य जयराज पाण्डेय र टेकबहादुर हमालले पार्टी छोडेको घोषणा गरेका हुन्।
एमालेले कञ्चनपुर क्षेत्र नं २ (१) मा राष्ट्रिय युवा संघका निवर्तमान अध्यक्ष बचन बहादुर सिंहलाई टिकट दिएपछि उनीहरु दुबै जना असन्तुष्ट भएका छन्। एमाले जिल्ला कमिटीबाट पाण्डेय र हमाल सहितको नाम टिकटका लागि प्रदेश कमिटीमा सिफारिस भएको थियो।
तर उनीहरुको नाम केन्द्रले हटाएको हो। उनीहरुले संघको टिकटका लागि सिफारिस सिंहलाई पार्टीले आफ्नै विधि मिचेर प्रदेशको उम्मेदवार बनाएको भन्दै पार्टी छोडेको बताएका छन।