सुदूर नेपाललाई विश्वसँग जोड्दै

पावर लगाएर टिकट पाएपछि कांग्रेस नेताले ढोगे माटो, खाए यस्तो कसम 

२०७९ असोज २३, ०१:०५ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसको तर्फबाट काभ्रे २ मा शिवप्रसाद हुमागाईंले टिकट पाएका छन्। टिकट पाएपछि उनले काभ्रेको माटोलाई ढोगेर जनताको वाचा पूरा गर्ने कसमसमेत खाएका छन्।

उनले टिकट पाएपछि काभ्रेको माटो र काभ्रेली जनता एवं मतदाताको शीर उच्च राख्ने कसम खाएका हुन्। काभ्रे २ मा उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। क्षेत्र नं १ मा माओवादी केन्द्रका सूयैमान दोङ लालध्वज गठबन्धनका उम्मेदवार छन्।

यस क्षेत्रमा एमालेको तर्फबाट गोकुल बाँस्कोटा उम्मेदवार छन्। २०५६ सालमा सांसद बनेका हुमागाईले यसपटक कृष्ण सिटौलाको पावर लगाएर केन्द्रीय सदस्य मधु आचार्यको टिकट खोस्न सफल भएका छन्।

आचार्य यसअघि बास्कोटासँग पराजित भएका थिए। उनी शेखर गगन समूहका नेता हुन्। बौद्धिक र संगठक छबी बनाएका आचार्यलाई अन्याय गरिएको भन्दै काभ्रे कांग्रेसमा असन्तुष्टी बढेको छ।

कमेन्ट लोड गर्नुस