सुदूर नेपाललाई विश्वसँग जोड्दै

बुवाको सम्झनामा प्रकाश कलौनीको “मेरा बाबा” डेउडा गीत सार्वजनिक

२०७९ पुष ८, १०:५५

कञ्चनपुर : प्रकाश कलौनीको “मेरा बाबा” नामक देउडा गीत सार्वजनिक भएको छ। चर्चित गायक गोपाल दयालको स्वर रहेको उक्त गीतको निर्माण काठमाडौंमा रहेकोे म्युजिक प्लस रेकर्डिङ स्टुडियोले गरेको हो ।

आफ्नै लय तथा शब्द रहेको उक्त गीतमा कलौनीले आफ्नो बुवा गुमाउनुको पीडा लाई गीत मार्फत व्यक्त गर्न खोजेका छन। बैतडीको तल्लो स्वराड साविकको शर्माली गा बि स वडा नम्बर १ डिस्लानीमा २०२३ सालमा जन्मिएका उनका बुवा भानदेव कलौनी बुवा हरि दत्त कलौनी र आमा सीता पार्वती कलौनीका माइला छोरा हुन । पाँच दाजुभाइ र एक दिदी सँगै हुर्केका उनी सानै उमेरमा परिवारको आर्थिक स्थिती कमजोर भएका कारण निम्नमाध्यमिक सम्मको शिक्षा गाउँमै रहेको श्री नागार्जुन माध्यमिक बिधालय बाट पूरा गरेका हुन । त्यस पछि कामको लागि भारतका विभिन्न ठाउँमा काम गरेका उनले झण्डै चालीस वर्ष अघी नेपाल विधुत प्राधिकरणमा जागिर सुरुवात गरेका गरेका थिए। आफू जागिरमा लागेपछि परिवारको जिम्मेवारी लिदै आएका कलौनीको दश वर्ष डडेलधुराको बसाई पछि अछाम सरुवा भएका थिए ।

जिल्लाको मङ्गलसेन आक्रमण पछि कलौनीको सरुवा डोटी जिल्लाको दिपायलमा भएको थियो । त्यहाँ झन्डै ८ वर्षको बसाई तथा त्यस क्षेत्रमा त्यहाँका हजारौं मानिसले हेराली मार्फत सेवा लिएका थिए। एका तिर हेराली र अर्को तर्फ जागीरले गर्दा सुदुरपश्चिम प्रदेशका डडेलधुरा , अछाम , डोटी , बैतडी , दार्चुला , कंचनपुर लगायतका जिल्लामा उनको बसाई रह्यो ।

विधुत प्राधिकरणमा जागिर तथा हेरालीका कारण कलौनी निकै चर्चित व्यक्ती थिए। २०७९ साल जेठ १८ गते बिहन १०स्३० मिनेटमा यो संसारबाट सदाका लागी आफ्नो परिवार र यो समाज छोड्नु भएको उनको सम्झनामा उक्त गीत निर्माण गरिएको कलौनीका छोरा बताउँछन्। उक्त गीत नारायण दंगालले एरेन्ज गरेका थिए भने प्रेम दिप रामजालीले मिक्स र मास्टर गरेका हुन्।

 

 

 

कमेन्ट लोड गर्नुस