चौथो ‘द भ्वाइस अफ नेपाल’को उपाधि करण राईलाई
काठमाडौं: ‘द भ्वाइस अफ नेपाल’ चौथो सिजनको उपाधि करण राईले जितेका छन्। गएराति भएको अन्तिम प्रतिष्पर्धाबाट राईले उपाधि हात पारेका हुन्। टिम राजुबाट प्रतिस्पर्धामा रहेका करणले तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि जितेका हुन्।
करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोलाको सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन्। यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भइन् भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भए।
टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन्। ‘द भ्वाइस अफ नेपाल’ को चौथो सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए।