सुदूर नेपाललाई विश्वसँग जोड्दै

मिस पवी रेडियो नाटक ‘रोपेगुना फल टिकटक’ प्रतियोगिताको निर्णायकमा छनोट  

२०७९ पुष १२, ०४:२७ खबर संवाददाता

धनगढीः टिकटकमा चर्चित डडेल्धुराकी मोडल मिस पवी अडियो र रेडियो नाटक ‘रोपेगुना फलको टिकटक’ प्रतियोगिताको निर्णायकमा छानिएकी छन्।  एन्टेना फाउण्डेशन नेपाल र मिस पवीबीच सो कार्यका लागि सहमति भएको हो। स्थापीत सञ्चार संस्था एन्टेना फाउण्डेशन नेपालले टिकटक पारखीका लागि लोभलाग्दो योजना सार्वजनिक गरेसँगै मिस पवी यो अभियानमा जोडिएकी हुन्। 

जन्मेदेखि ८ बर्षसम्म बालबालिका हुर्काउन र बढाउन अभिभावकको जिम्मेवारीमा उत्कृष्ट टिकटक बनाउनेमध्येबाट पहिलो हुनेले ५० हजार, दोश्रोले ३० हजार र तेश्रोले २० हजार नगद पुरस्कार पाउनेछन्। सो टिकटक प्रतियोगितामा चर्चित मिस पवीले प्रचारप्रसार, प्रवद्र्धन तथा निर्णायक समूहमा रहेर सहयोग गर्नेछिन्। मिस पवी सुदुरपश्चिममा बोलिने डोटेली भाषामा समसामयिक सन्देशमुलक टिकटक बनाएर दर्शकमाझ लोकप्रिय छिन्। 

रोपेगुना फल अडियोररेडियो सुदुरपश्चिम र कर्णाली प्रदेशका अभिभावक, किशोरकिशोरी तथा युवायुवतीलाई लक्षित नाटक भएकोले सो क्षेत्रको लोकप्रिय लवजमा टिकटक मार्फत लक्षित श्रोता दर्शकसम्म पुग्नका लागि उपयोगी हुने एन्टेना फाउण्डेशन नेपालका कार्यकारी निर्देशक विनय गुरागाई बताउँछन्। 

यो प्रतियोगितामा भाग लिने प्रतियोगीले यस नाटकको कुनै पनि रेकर्डेड अङ्कबाट कुनै पनि संवाद छनोट गर्न सक्नेछन्। टिकटक भिडियो न्यूनतम १ मिनेटको र अधिकतम ३ मिनेटको हुनु पर्नेछ। भिडियो कसैको पनि जातीय, लैङ्गिक, सांस्कृतिक तथा धार्मिक भावनामा आघात नपुग्ने गरी बनाउनु पर्नेछ। 

भिडियो बनाउँदा बालबालिका, तथा शारीरिक अवस्था वा फरक क्षमता (अपाङ्गता) भएका व्यक्तिहरूको अवस्था तथा भावनाप्रति संवेदनशील हुनुपर्छ। प्रतियोगितामा भागलिने  एकजनाले एउटा वा बढी टिकटक बनाउन सक्नेछन् वा समूहमा मिलेर समेत सहभागि हुनसक्नेछन्। टिकटक भ्यूज, लाइक, कमेन्ट र शेयर सङ्ख्या र सामाजिक संवेदनाको कसीमा राखि प्रतियोगि छनौट गरिनेछ। 
 

कमेन्ट लोड गर्नुस