धनगढीमा पुषे पन्ध्रको अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना
धनगढीः धनगढीमा पुषे पन्धको अवसरमा वृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। शुक्रवार लायन्स क्लब अफ धनगढी हेल्थ एण्ड मेडिको र लियो क्लब अफ धनगढी हेल्थ एण्ड मेडिकोको आयोजना र सुदूर चौतारीको प्राविधिक सहयोगमा सांस्कृतिक कार्यक्रम गरिएको हो।
सांस्कृतिक कार्यक्रममा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राध्यापक डाक्टर हेमराज पन्त, संस्कृतिविद् पदमराज जोशी (प्रभात) ऐश्वर्य बहुमुखी क्याम्पसका उपप्राध्यापक तुलसी शर्मा, डोटेली संस्कृतिका अध्येता धर्मराज जोशी,भक्तराज जोशी, तिर्थराज भट्ट, प्रेम विवस चन्दलगायतले पुषे पन्ध्रमा लोक परम्पराअनुसार भनिने विभिन्न लोक कथाको प्रस्तुत गरेका थिए।
यस्तै, कार्यक्रममा पुषे पन्ध्रको लोक सांस्कृतिक पक्षको बारेमा सम्बाद गरिएको थियो। कार्यक्रममा सुदूरपश्चिममा मनाइने पुषे पन्ध्रको विषय र सन्दर्भमा सम्बाद गरेका थिए। कार्यक्रममा पुषे पन्ध्रमा खाइने खानाका परिकार पनि सहभागीलाई प्रदान गरिएको थियो। कार्यक्रममा सहभागीहरूले विभिन्न लोक कथा सुनाएका थिए। कार्यक्रमको अध्यक्षता सुदूर चौतारीका अध्यक्ष युवराज जोशीले गरेका थिए भने कार्यक्रममा तोयराज भट्टले सहजीकरण गरेका थिए।