सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौँः मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो। बैठकमा मिटरब्याजी पीडितको मागबारे छलफल र निर्णय हुने बताइएको छ। यसैगरी सरकारका दैनिक प्रशासनिक विषयमा पनि आवश्यक निर्णय हुने छ। प्रधानमन्त्री प्रचण्डले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बसेको हो।
प्रचण्डले शुक्रबार कांग्रेसबाट ४, एकीकृत समाजवाबाट २, माओवादी, लोसपा, जसपा, नागरिक उन्मुक्ति र नेसपाबाट १– १ जना मन्त्री थपेका थिए। कानुन, न्याय तथा संसदीय मामिला, खानेपानी, परराष्ट्र, वन तथा वातावरण, युवा तथा खेलकुद र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी भने प्रधानमन्त्री प्रचण्डले स्वयम आफै सम्हाल्दै आएका छन्।