सुदूर नेपाललाई विश्वसँग जोड्दै

पार्टीभित्र गुटगत प्रवृत्ति माथिल्लो तह भन्दा तल्लो तहमा छः शर्मा

२०७९ चैत्र २०, ०९:३५ खबर संवाददाता

धनगढीः नेकपा माओवादीको सुदुरपश्चिमको प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।

नेकपा माओवादी केन्द्रका नेता जनाद्र्धन शर्मा प्रभाकरले पार्टीभित्रको गुटबन्दी अन्त्य हुनुपर्ने बताएका छन्। माओवादी केन्द्रको संगठन विभागले धनगढीमा सोमबार आयोजना गरेको प्रदेशस्तरीय अन्तक्र्रियामा बोल्दै शर्माले गुटगत प्रवृतिले पार्टीमा समस्या निम्तिएको उल्लेख गर्दै माथिल्लो कमिटीबाटै गुट अन्त्यको सुरुवात गरिनुपर्ने बताए ।

गुट माथिबाटै भत्काउन सुरु गर्ने र तल पनि बाँकी नराख्ने कुरा सँगसँगै लैजानुपर्छ।’ माओवादीको संगठन विभाग प्रमुखसमेत रहेका शर्माले भने, ‘मैले कहिले पनि गुट बनाइन्, म कसैको गुटमा लागेको छैन। एकतावद्ध भएर पार्टी बनाऔँ  हैन भने पार्टीको भविष्य छैन। यो मैले नेताहरुलाई पनि भनेको छु।’ गुट अन्त्यका लागि विधिलाई बलियो बनाएर लैजानुपर्ने उनले बताए।

विधिको अभावमा गुटउपगुट बढेको उल्लेख गर्दै उनले विधि कायम भए गुटउपगुट त्यसै सकिने बताए। उनले पार्टीको माथिल्लो भन्दा तल्लो तहमा बढी गुटगत मानसिकता देखिएको भन्दै असन्तुष्टि जनाए। माओवादी केन्द्रीय संगठन विभागको प्रस्तावमा माओवादी सुदूरपश्चिम प्रदेश कमिटीले अन्तक्र्रिया आयोजना गरेको हो। कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुखलगायत अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो। 
 

कमेन्ट लोड गर्नुस