सुदूर नेपाललाई विश्वसँग जोड्दै

उपनिर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशित गरिँदै

२०७९ चैत्र २२, ०७:४८ खबर संवाददाता

काठमाडौं: आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारको नामावली प्रकाशित गरिँदै छ। आज निर्वाचन आयोगले  अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने छ। आजै  साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गरिने आयोगले जनाएको छ।

तनहुँ क्षेत्र नम्बर १,चितवन क्षेत्र नम्बर २  र बारा क्षेत्र नम्बर २ मा सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आयोगले मंगलबार उजुरी दर्ताको समय तोकेको थियो। सोही अनुसार  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार रवि लामिछानेविरुद्ध तीन वटा दाबी विरोध र एउटा उजुरी परेको छ।

रविमाथि उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ। बुधबार दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन्। बिहिबार बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ।

अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन्। आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ। 

कमेन्ट लोड गर्नुस