सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक

। फोटो स्रोत ।
२०७९ चैत्र २४, ०८:५७

काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले लेखक टंक वनेमको छैटौँ कृति ‘सुदूर विस्मृतिका बिम्बहरु’ सार्वजनिक गरिएको छ। नेपाली वाङ्मय परिषद्ले राजधानीमा बिहीवार आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार काइँलाले संस्मरणात्मक कृति भएपनि इतिहासका दस्तावेजका रुपमा कतिपय घटना सङ्कलित भएको बताए। 

पूर्व कुलपति काइँलाले भने, “वनेमका विगतका कृति पनि निकै गहकिला थिए । यस पुस्तक मेरा लागि पनि कतिपय सन्दर्भमा स्रोत कृतिको रुपमा पाएँ।” उनले ब्रिटिस सेनाको जागिरेका रुपमा रहेर पनि वनेमले जाति, भाषा, संस्कृति, इतिहासमा गहिरो रुचीसाथ अध्ययन र लेखन कार्यलाई जारी राखेको बताए। 

परिषद्का अध्यक्ष शशि लुमुम्बूको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा.डा. जगत उपाध्याय प्रेक्षितले लेखकले प्रस्तुतिमा चित्रात्मकता, कथात्मकता दिएको बताए। उनले अनुसन्धानमूलक निवन्ध, संस्मरण, सम्झनासँग स्रस्टाको अन्तरङ्ग सम्बन्ध रहेको तर घटना प्रस्तुतिमा लेखकको कुनै आग्रह, पूर्वाग्रह नरहेको बताए।
कार्यक्रममा हरिप्रसाद सिलवाल, लेखक टंक वनेम, डा. भक्त राईलगायतले पुस्तकका बारेमा चर्चा गरेका थिए।
 

कमेन्ट लोड गर्नुस