कैलाली जनपुस्तकालयको अध्यक्षमा जोशी
कैलाली जनपुस्तकालयको ४१ औं साधारण सभा तथा चुनावी अधिवेशनबाट अध्यक्षमा डाक्टर टि.एन. जोशी निर्विरोध चयन भएका छन् । जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिती चयन भएको छ । सदस्यमा गगन सिंह ऐर, शिवराज ओझा, टंकप्रसाद जोशी, सुवास चन्द्र भण्डारी, टिआर पाठक, जय राज जोशी रहेका छन् । शुशिला भट्ट, ठाकुर प्रसाद चौधरी, कृति सिंह माल र तोयनाथ भट्ट पनि सदस्यमा चयन भएका छन् ।
अध्यक्ष बाहेकका अन्य पदाधिकारीहरु कार्य समितीबाटै चयन गरिनेछ । कार्य समितीको बैठकले १० जना सदस्य मध्येबाटै पदाधिकारी चयन गर्नेछ । अध्यक्षमा निर्वाचित भएपछि प्रतिक्रिया दिदै डाक्टर जोशीले सडक फराकिलो पार्ने तयारी भईरहेकाले अहिलेका सटर भत्काएर नयाँ व्यापारिक मल निर्माण गर्ने योजनालाई मुख्य प्राथमिकतामा राख्ने बताए । उनले जनपुस्तकालयलाई थप व्यवस्थित बनाउदै लैजाने र ई–पुस्तकालयलाई पनि व्यवस्थित बनाउने बताए ।