सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदिपको ‘लभ स्टेशन’ निर्माण हुने

२०७५ जेठ २१, ०७:२२

    नयाँ बन्ने घोषणा गरिएको चलचित्र ‘लभ स्टेशन’मा युवा स्टार प्रदीप खड्काको प्रमुख भूमिका रहने भएको छ । निर्माण पक्षले टाइटल र मुख्य अभिनेताको नाम सार्वजनिक गरेको छ । उज्जवल घिमिरेको निर्देशनमा काफिया फिल्मस्ले निर्माण गर्न लागेको यस फिल्मको छायांकन अमेरिका र नेपालमा हुने बताइएको छ ।  
    प्रदीपसँगै यस फिल्ममा ‘लिलिबिली’ अभिनेत्री जसिता गुरुङको पनि लिड रोल रहने बताइएको छ । उनी अहिले अध्ययनका लागि लण्डनमा छिन् । तर, फिल्ममा उनी अनुबन्ध भइनसकेको निर्माता शाहीले जानकारी दिएका छन् । अहिले यस फिल्मका लागि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग पनि छलफल भइरहेको छ । 
     निर्देशक घिमिरे अहिले फिल्मको लोकेसन हन्टिङका लागि अमेरिकामा छन् । उनी नेपाल फर्केपश्चात् नायिकाको टुंगो लाग्ने निर्माता शाहीले बताए । फिल्मले एक आमा छोरीको कथा बोल्नेछ ।
      फ्लोरमा नजाँदै फिल्मको प्रदर्शन मिति भने वर्ष २०७५ फागुन २४ गतेलाई पक्का गरिएको छ । अहिले यस फिल्मको स्क्रिप्ट सुवास सिंह बस्नेतले लेखिरहेका छन् । यसमा अभिनेता प्रदीप पनि निर्माताको रुपमा रहनेछन् ।  
 

कमेन्ट लोड गर्नुस