सुदूर नेपाललाई विश्वसँग जोड्दै

रामेशको एकल सांगीतिक साँझ

२०७५ जेठ २०, ०९:३८

युग गायक रामेश श्रेष्ठले शनिबार राजधानीमा एकल सांगीतिक प्रस्तुती गरेका छन् । गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठ यो देशको मुहार फेर्नलाई उठ भन्ने गीतबाट निकै चर्चा कमाएका युग गायक श्रेष्ठले शनिबार राष्ट्रिय नाचघरमा युगीन आवाज नामक एकल सांगितिक साँझ गरेका हुन् ।
    तत्कालीन पञ्चायती सामन्ती सत्ताबाट जनताको भलो नहुने देखेपछि उनले यो गीत गाएको बताउँदै आएका छन् । तत्कालीन समयमा स्कुल कलेज र गाउँ–गाउँमा चर्चित यो गीत २०४६ सालपछि मात्रै रेकर्ड गरिएको थियो । तीनै गायकले शनिबार एकल साँझ गरेका हुन् ।
    एकल साँझ हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि राष्ट्रिय नाचघर पुगेका थिए । त्यसैगरी सरकारका मन्त्रीहरु, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि एकल साँझमा उपस्थित रहेका थिए ।
 

कमेन्ट लोड गर्नुस