सन्दिपासँग अनुपको रोमान्स
भर्सटायल अभिनेता अनुप विक्रम शाही अचेल नयाँ फिल्म ‘कप्स’ को छायांकनमा व्यस्त छन् । यसमा उनले एक प्रहरी अफिसरको भूमिका निर्वाहा गरेका छन् । डीएसपी अमन सिंहको भूमिका निर्वाहा गरेका उनले फिल्ममा आफूले सच्चा प्रहरी अधिकृतको भूमिका निर्वाहा गरेको बताए । सम्राट सापकोटा यसका निर्देशक हुन् । उनी दर्जन बढी फिल्ममा अभिनय समेत गरेका छन् ।
‘कप्स’ बाट सन्दिपा लिम्बुले नेपाली रजतपटमा पाइला राख्दैछिन् । उनले फिल्ममा एक पत्रकारको भूमिका निर्वाहा गरेकी छन् । अमित गिरीलाई पनि यस फिल्ममा मुख्य भूमिकामा देख्न सकिन्छ । एक्सन र लभस्टोरी जनरामा निर्माण भइरहेको यो फिल्मका लागि महँगो बजेट खर्च गरिएको निर्माणपक्षले बताएको छ । राम शाक्यको प्रस्तुतिमा तयार भैरहेको यो फिल्मलाई सारा श्री र आर्या मुभिजको ब्यानरमा निर्माण गरिएको हो ।
सुशन प्रजापतिको छायांकन र कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्मले पोलिटिक्स, प्रहरी र जनताको कथा बोल्ने निर्देशक सपाकोटाले जानकारी दिए । फिल्मको ७५ प्रतिशत छायांकन सकिएको र अब एउटा गीतको छायांकन टर्कीमा गर्ने योजनामा निर्माण टिम छ ।