सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर चिनाउन सक्ने आवाज ओझेलमा, अवसरको खोजी भने जारी (भिडियो सहित )

२०७५ जेठ १९, ११:२७

स्वर सम्राट नारायण गोपालको स्वरमा रहेको यति धेरै मायाँ दिए, मन भरी दुख नदेउ बोलको कालजयी गीत धनगढीका युवा श्रष्ट्रा तोयनाथ भट्टको जीवनमा पनि मेल खान्छ । तर उनलाई मायाँ गर्ने कसै मायालुले धोका दिएर भने होईन् । गीत संगीतलाई नै सबैभन्दा बढि मायाँ दिएका तोयनाथलाई गीत संगीतले भने सधै धोका दिएको छ । त्यसैले पनि होला अहिलेसम्म सुदुर चिनाउने सक्ने आवाज ओझेलमा परेको छ । 
डोटीको शिखर नगरपालिकामा रहेको लाटामाण्डौका २७ वर्षिय युवा तोयनाथ भट्टसंग गीत गाउनका लागि गला छ, कला छ अनि नेपाली सााङगितिक क्षेत्रमा लामो समयसम्म नाम र दाम कमाउन सक्ने क्षमता पनि छ । तर अहिलेसम्म उनको क्षमता धनगढी र आसपासका क्षेत्रमा हुने साहित्यिक कार्यक्रममै सिमित बनेको छ । उनको गायन क्षमताको बारेमा जान्नेहरु पनि धनगढी र आसपासकै क्षेत्रमा केही साहित्यप्रेमी छन् । 
१०÷ १२ बर्षको उमेरदेखि नै गीत गाउन थालेका तोयनाथले अध्ययनका लागि धनगढी आएपछि आफ्नो गायन क्षमताबाटै धेरैलाई मोहित बनाईसकेका छन् । सुरिलो स्वर अनि चर्चित गायका गीतहरु जस्ताको त्यस्तै गाउन सक्ने अदभुत क्षमताले उनलाई पनि छिट्टै नेपाली साङगितिक क्षेत्रमा पाईला टेक्न सकिएला भन्ने आशा पलाएको थियो । 


नारायण गोपालदेखि आधुनिक संगीतका चर्चित गायकहरुको गीत हुवहु गाउन सक्ने क्षमता भएका तोयनाथले अहिलेसम्म एउटा गीत पनि रेकर्ड गर्न सकेका छैनन् । कमजोर आर्थिक अवस्था नै तोयनाथको गायन क्षमताको अगाडी हावी भएको छ । धनगढी र आसपासमा हुने साहित्यिक, सांस्कृतिक कार्यक्रममा सहभागिता जनाईरहने तोयनाथले गीत गाउँदा सवैको वाई वाई पाउने गरेका छन् ।

सवैले तोयनाथको स्वरमा त जादु नै छ भने चर्चा गर्ने गरेका छन् । तर त्यो स्वरको जादु धनगढी वाहिर चलाउनका लागि भने न त तोयनाथको आर्थिक अवस्थाले साथ दिएको छ न त अरु कसैले साथ नै दिएका छन् । हुन त तोयनाथको भन्दा पनि कमजोर आर्थिक अवस्था भएकाहरुले पनि साङगितीक क्षेत्रमा प्रवेश पाएका छन् । तर पछिल्ला केही वर्ष यता भने तोयनाथको गीत गाउने र चर्चित वन्ने रहर पनि ओईलाएर जान थालेको छ ।

मिठो स्वर र गीत गाउने कला भएर पनि गायक बन्ने लक्ष्य पनि विस्तारै कमजोर बन्दै गएको छ । यद्यपि तोयनाथको अवसरको खोजी भने अहिलेसम्म  सकिएको छैन् । गीत गाएर चर्चित बन्ने लक्ष्य पुरा नभएपछि अहिले तोयनाथको बाटो मोडिएको छ । गीत, संगीतमा सफल नभएको पिडा तोयानथले अहिले साहित्यक क्षेत्रका विभिन्न विधामा कलम चलाएर भुलाउने प्रयास गरिरहेका छन् ।

समाजको चिन्ता छ घरको चिन्ता छ
अनि जीबनका रहरको चिन्ता छ

देश बनाउछु भनेर हिड्न त हिड्यौ
कताकता अझै सरकारको चिन्ता छ

माया त तिमीलेनी गर्यौ मैले पनि
कसम अब घरबारको चिन्ता छ

साशकले सम्बोधनमा यस्तै भन्दै थिय
मलाई देशका बेरोजगारको चिन्ता छ

भट्ट हराउदै गएको छन्द कवितादेखि गजलमा कलम चलाउदै आएका छन् । अहिले धनगढीकै अक्सफोर्ड बोर्डिङ स्कुलमा अध्यापन गराउदै आएका भट्ट भन्छन्– नेल्सन मण्डेलाको चर्चित भनाई ‘म नै संघर्ष, संघर्ष नै मेरो जिवन’ मेरो जिन्दगीमा मेल खाएको छ । फरक यति मात्रै हो मण्डेलाले संघर्षलाई जीवन भनेका थिए मैले ‘म नै साहित्य संगीत मेरो जीवन नै साहित्य संगीत’ भनेको छु । 
कमेन्ट लोड गर्नुस