सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘सयकडा दश’ मा अमृत र करुणाको रोमान्स

२०७५ जेठ २७, ०१:३१

हास्यकलाकार मनोज गजुरेलको प्रमुख भूमिका रहेको फिल्म ‘सयकडा दश’ को सुटिङ प्याकअप भएको छ । छायांकन सकिएसँगै निर्माताले अमृत ढुंगाना र डेब्यु गर्ल करुणा श्रेष्ठ फिचर्ड तस्बिर सार्वजनिक गरेका छन् । 
 काठमाडौं, पोखरा, सिन्धुली र पाँचथरमा खिचिएको यस फिल्ममा पहिलोपटक अमृत र करुणाले जोडी बाँधेका हुन् । मंसिरमा रिलिज लक्ष्य राखिएको फिल्मलाई त्यसअगाडि च्यारिटी अभियान चलाउने तयारी गरिएको छ । 
 भ्रष्टाचारविरुद्ध सदाचार समाज निर्माणका लागि पात्रले गर्ने संघर्ष यसको केन्द्रिय द्वन्द्व हो । 'प्रेमगीत २' फेम निर्देशक रामशरण पाठक निर्देशित फिल्मले भ्रष्टाचारले सम्बन्ध र परिवारमा पार्ने प्रभावको कथा बोल्छ । 
 यसमा राजाराम पौडेल, रवि डंगोल, रस्मी भट्ट, उत्सव न्यौपाने, अमित पोखरेल, सोनिया राई, कुमार कार्की, प्रसिद्ध थापा र मानस्वी निरौलाको पनि अभिनय छ ।  दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा बनेको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । 
 रामेश्वर कार्कीको छायांकन, बनिश शाहको सम्पादन, दीलिप ओखडाको नृत्य निर्देशन र कल्याण सिंहको संगीत छ । युट्युवस्टार गायक स्वप्न सुमनले पाश्र्वगायनमा त्रिशला गुरुङ र सन्देश पाठकसँग सहकार्य गरेका छन् । 

कमेन्ट लोड गर्नुस