सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीएसएमा आयुर्वेद एचए तेस्रो वर्षका विद्यार्थीलाई बिदाइ

२०८३ साउन ११, ०२:४० खबर संवाददाता

धनगढी: इन्स्टिच्युट अफ कम्युनिटी सर्भिस असिस्ट (ICSA) मा अध्ययनरत आयुर्वेद हेल्थ असिस्टेन्ट (HA) तेस्रो वर्षका विद्यार्थीहरूको बिदाइ तथा शुभकामना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सुदूरपश्चिम प्रदेशबाट उत्पादन भएको पहिलो HA ब्याचको बिदाइ कार्यक्रमका रूपमा यसलाई विशेष महत्वका साथ हेरिएको छ।

विद्यार्थीहरूको आयोजनामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख, सामुदायिक सेवा सहयोग संस्थानका कार्यवाहक अध्यक्ष चन्द्रबहादुर चन्द, प्रदेशिक आयुर्वेद चिकित्सालयका प्रमुख डा. ओमप्रकाश कालौनीलगायत शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत–संगीत, नृत्य तथा अनुभव आदान–प्रदान गर्दै अध्ययनकालका सम्झना साझा गरेका थिए। वक्ताहरूले आयुर्वेद स्वास्थ्य सेवामा अनुशासन, इमानदारिता र व्यावसायिक नैतिकताको महत्वबारे जोड दिँदै विद्यार्थीहरूको सफल भविष्यको शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रमको अन्त्यमा बिदाइ हुने विद्यार्थीहरूलाई सफल व्यावसायिक जीवन तथा उज्ज्वल भविष्यको शुभकामना दिँदै कार्यक्रम सम्पन्न गरिएको थियो।
 

कमेन्ट लोड गर्नुस