सुदूर नेपाललाई विश्वसँग जोड्दै

कमेडियन अपूर्व क्षितिज फेरि प्रहरीको नियन्त्रणमा

२०७९ असोज ३१, १०:३३ खबर संवाददाता

काठमाडौंः कमेडियन अपूर्व क्षितिज सिंहलाई प्रहरीले पुनः हिरासतमा लिएको छ। नेवार समुदायमाथि आँच आउनेगरी कमेडी गरेको भन्दै यसअघि उनीमाथि अनुसन्धान गरिएको थियो।

अनुसन्धान सकिएपछि अदालत जानेबेलामा बिरामी भएपछि छोडिएको थियो। त्यही केस बुझाउनका लागि हिरासतमा लिइएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले जानकारी दिए। उनले भने, ‘अस्तिको मुद्दा बुझाउन बाँकी थियो, त्यसैका लागि नियन्त्रण गरिएको हो।’ भोलि वा पर्सि मुद्दा बुझाइने उनले बताए।

कमेन्ट लोड गर्नुस