हिँड्दै जाँदा मैले...
-गोविन्दराज ओझा 'राजन'
हिँड्दै जाँदा मैले तिमीलाई देखे
तिमीलाई हेर्न भनेर त्यो रुखमा चढे
जब पढ्छु कथा मैले तिम्रो बारेमा सोच्छु
जहाँ गए पनि म तिमीलाई देखेर रमाउँछुँ
सुन्दर देखिन्छन् फूलहरु बगैँचामा गएर हेर्दा
काउकुती लाग्छ दिलमा मनमा अनेक कुरा सोच्दा
सिमसिम झरीमा खुसी हुन्छ मन तिमीलाई देख्दा
हेरिरहुँ लाग्छ मलाई तिमी नजिक हुँदा
जुन बाटोबाट आयौ तिमी त्यै बाटोलाई सजाउनेछुँ
जब तिमीले मायालु नजरले हेर्यौ मनदेखि खुसी हुनेछुँ
तिमीलाई नै मेरो खुसी तिमि नै आफ्नो मान्छे
यो मनबाट विश्वास गरेको मान्छे
मनदेखि माया गरेको कुरा तिमीलाई सुनाए
तिमीलाई हेर्न भनेर त्यो रुखमा चढे