सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ‘गोल्ड कर्नेल ड्राई फ्रुट्स’ सञ्चालनमा

२०८३ साउन ९, ०४:४६ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा ड्राई फ्रुट्सका सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ ‘गोल्ड कर्नेल ड्राई फ्रुट्स’ सञ्चालनमा आएको छ।

युवा व्यवसायी दिपेन्द्र शाह र सुरेश थापाको संयुक्त पहलमा स्थापना गरिएको उक्त व्यवसायको आज साउन ९ गते विधिवत रूपमा उद्घाटन गरिएको हो। धनगढीस्थित एसपीए कलेज जाने बाटोमा रहेको यस शोरुमले गुणस्तरीय ड्राई फ्रुट्स तथा यससँग सम्बन्धित विभिन्न सामग्री सहज रूपमा उपलब्ध गराउने लक्ष्य लिएको सञ्चालकले बताएका छन्।

धनगढी तथा आसपासका उपभोक्ताले अब ड्राई फ्रुट्स खरिदका लागि विभिन्न स्थान धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास सञ्चालकहरूको छ। एउटै स्थानमा विविध किसिमका गुणस्तरीय ड्राई फ्रुट्स, उपहार प्याक तथा सम्बन्धित सामग्री उपलब्ध हुने भएकाले ग्राहकको समय र खर्च दुवै बचत हुने सञ्चालकले जनाएकाे छ। 

स्थानीय स्तरमा नयाँ र फरक अवधारणासहित व्यवसाय सुरु गरेको भन्दै सञ्चालकद्वय दिपेन्द्र शाह र सुरेश थापालाई समुदायस्तरबाट सम्मानसमेत गरिएको छ। युवाहरूको उद्यमशीलतालाई प्रोत्साहन गर्ने उदाहरणका रूपमा यस व्यवसायलाई स्थानीयले सकारात्मक रूपमा लिएका छन्।

उद्घाटनकै पहिलो दिन उल्लेखनीय संख्यामा सर्वसाधारणले शोरुमको अवलोकन गरेका थिए। अवलोकनका लागि पुगेका स्थानीयवासीले धनगढीमा पहिलोपटक ड्राई फ्रुट्ससम्बन्धी सम्पूर्ण सामग्री एउटै छानामुनि उपलब्ध हुनु आफूहरूका लागि खुसीको विषय भएको प्रतिक्रिया दिएका छन्। 

स्थानीय बजारमा गुणस्तरीय सेवा, उचित मूल्य र ग्राहकमैत्री वातावरण प्रदान गर्ने प्रतिबद्धतासहित सञ्चालनमा आएको ‘गोल्ड कर्नेल ड्राई फ्रुट्स’ धनगढीको व्यापारिक क्षेत्रमा नयाँ आकर्षणका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ। (प्रवर्धित सामग्री)

कमेन्ट लोड गर्नुस