सुदूर नेपाललाई विश्वसँग जोड्दै

माटोको चुलो बनाउँदा सवैले तारिफ गरे अव मुर्तिकलामै भविष्य खोजिरहेको छु (भिडियो सहित)

पौरखी हातहरु : श्रृंखला ०६

२०७५ जेठ १८, ११:४५

सफल जिवन जिउनका लागि आफू भित्र संकल्प र अठोट चाहिन्छ । दृढ ईच्छा शक्ती र निरन्तरको अथक प्रयासले धेरैले सफलता चुमेका हुन्छन । वितेको समय अर्थात भूतकालको आधारशिला, वर्तमानको कर्म र भविष्यको फलले मानिसलाई सार्थक तुल्याएको हुन्छ । वर्तमानको कर्मका कारण सफल जीवन जिउने आधार खडा गरिरहेका छन् धनगढीका २७ बर्षिय मुर्तिकार दिपक लामिछाने ।


ढुङगाको काप फोरेर पनि उम्रिन्छ पिपल, श्रृजना शक्ती संसारमा कहिल्यै हुदैन विफल भने झै जुनसुकै मानिसको पनि श्रृजना ढिलो चाँडो प्रष्फुटन भएकै हुन्छ । तर जस्ले बालापनमै आफ्नो क्षमता पहिचान गर्न सक्छ त्यस्लाई भने सफलताको शिखर चुम्न ठुलै मुस्किल हुदैन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ हसनपुरका दीपक लामिछानेले मूर्ति बनाउने सम्वन्धी कुनै पनि तालिम लिएका छैनन, तर पनि उनले बनाएको मूर्तिहरू हेरेर जो कोहीलाई मोहित बनाउने गरेको छ ।

सानो छँदा दौतरीहरुसंग खेल्ने क्रममा लामिछानेले माटाको चुलो बनाउने गरेका थिए । माटोको चुलो धेरैलाई मन परेपछि चुलो विक्री गर्दै लामिछानेले आफ्नो खर्च पनि उठाउन थाले । २०७२ सालको भूकम्प जानु पुर्व २ वटा माटोको घरहरू बनाएर आफ्नो मूर्तिकलाको विस्तारित रुप देखाएका लामिछानेले भूकम्पपछि एकाएक चर्चा कमाए ।

भुकम्पले ढलेको धरहराको मूर्ति बनाएर लामिछानेले आफु भित्र रहेको मुर्तिकलालाई देशभर चिनाउने मौका पाए ।
लामिछानेले अहिलेसम्म मूिर्त बनाउने कुनै पनि तालिम भने लिएका छैनन् । कुनै पनि तालिम नलिई अहिले माटोको मूर्ती हुवहु बनाउन सक्ने दख्खल लामिछाने भित्र रहेको छ । एउटा मूर्ति बराबर ५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्ममा बिक्री गरेको समेत लामिछानेसँग अनुभव छ ।


धरहरा सहित राजा विरेन्द्र, रानी ऐश्वर्या, शिव, पार्वती, गणेश, हनुमान, सरस्वती, दोधरा–चादनिको पुल, कर्णालीको पुल, ताज महल, स्वयम्भू लगायतलाई लामिछानेले मुर्तिकला मार्फत हुवहु उतारी सकेका छन् । विभिन्न विद्यालयहरुले लामिछानेले बनाएकै सरस्वतीका मुर्तीहरु स्कुलमा राखेका छन् । प्रदेश वाहिरका विभिन्न स्थानमा आयोजना हुने मेला महोत्सवमा प्रदर्शन गर्दा दोधरा चाँदनीको पुल र कर्णाली पुलको मुर्तिले निकै चर्चा कमाउने गरेको छ  
स्नातकोत्तर गरिसकेका लामिछानेसंग मुर्तिकला सम्वन्धीको औपचारिक ज्ञान भने छैन् । माटो बाहेक अन्य सिमेन्ट, फाईवर लगायतबाट मुर्ति बनाउने ज्ञान सिक्नका लागि अव मुर्तिकला सम्वन्धीको औपचारिक ज्ञान आर्जन गर्ने सोच पनि लामिछानेको छ । मुर्तिकला मार्फत नै प्रदेश नम्वर ७ का पर्यटकीय स्थलहरुलाई देश विदेशमा चिनाउने लक्ष्य लामिछानेको छ ।

 

कमेन्ट लोड गर्नुस