सुदूर नेपाललाई विश्वसँग जोड्दै

मंसिर १४ः पर्दामा नम्रता भर्सेस प्रशान्त

२०७५ जेठ १८, ०३:४९

हरेक हप्ताको शुक्रवार दुईभन्दा बढी फिल्मको भिडन्त हुनु यहाँ अब नौलो रहेन। वर्षमा सयभन्दा बढी फिल्म रिलिज हुने हुँदा ठूला ब्यानर र स्टार कलाकारका फिल्मले मात्र सोलो रिलिज पाउने गर्छन् । यो हप्तामात्र हलमा तीन फिल्म (बेबि आई लभ यू, हरी र अमेरिका बोइज) प्रदर्शनमा आएका छन्। यस्तै, आउँदो मंसिर १४ गते दुई ठूला फिल्मको महासंग्राम हुँदैछ। वर्षमा एउटा फिल्म मात्र लिएर आउने अभिनेत्री नम्रता श्रेष्ठको ’जाइरा’ र ’ऐश्वर्य’ बाट चम्किएका प्रशान्त ताम्राकार स्टारर फिल्म ’रणवीर’ एकसाथ प्रदर्शनमा आउँदैछन्।

यी दुवै फिल्मले मंसिर १४ लाई रिलिज डेट लक गरेका छन्।  हरेक फिल्ममा नयाँ अवतार धारण गर्ने नम्रता ’जाइरा’ मा एक मार्शल आर्ट्स खेलाडीको भूमिकामा प्रस्तुत भएकी छिन् । ’पर्व’ पछि पर्दामा नदेखिएका कारण पनि यो फिल्मप्रति दर्शकको चासो केही माथी देखिएको छ। हालैमा रिभिल गरिएको उनको खेलाडी लुक्सले पनि दर्शकमा फिल्मप्रति झनै कौतुहलता बढाएको छ । यो फिल्मका लागि उनले ५१ बाट ४३ केजी तौल घटाइन् । ६ महिना एक्सन सिकिन्। र, आफ्नो लोभलाग्दो कपालसमेत छोट्याइन् ।

उनले फिल्मप्रति देखाएको लगनशिलताले पनि ’जाइरा’ राम्रो बनेको हुनसक्ने फिल्मी पण्डितहरुको आँकलन छ । यसका निर्देशक आशुतोष राज श्रेष्ठ हुन् । उता, प्रशान्त जोडिएका हरेक एक फिल्म अहिले दर्शकमाझ प्रतिक्षीत हुने गरेका छन् । हालसालै सार्वजनिक भएको उनको ’रणवीर’ लुक्सले पनि फिल्मप्रति उत्सुकता जगाएको छ । अब मंसिर १४ गते बक्सअफिसको रिङमा नम्रता र प्रशान्तमध्ये कसले दमदार खेल प्रस्तुत गर्ने हुन त्यो भने हेर्न बाँकी छ ।
http://www.filmykhabar.com/बाट
 

कमेन्ट लोड गर्नुस