सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘लभ स्टेसन’मा प्रदिप–जशिताको जोडी

२०७५ जेठ १९, ११:२०

 ‘लभ स्टेशन’ फिल्ममा ‘लिलिबिली’का प्रमुख पात्र प्रदीप खड्का र जशिता गुरुङको जोडी दोहरिने भएको छ । उज्वल घिमिरेले निर्देशक र गोविन्द शाही निर्माता रहेको फिल्मका लागि अन्य दुई अभिनेत्रीको खोजी भैरहेको छ । 
 सिनेमामा तीन अभिनेत्रीको प्रमुख भूमिका रहने बताइएको छ । प्रदीप हाल निरक पौडेलको निर्देशनमा बनिरहेको ‘रोजी’मा व्यस्त छन् । ‘रोजी’ सकिएलगतै छायाँकनमा जाने ‘लभ स्टेशन’को स्क्रिप्टको काम अन्तिम चरण रहेको छ ।

कमेन्ट लोड गर्नुस