सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रसाद’ मा जोडिए निश्चल

२०७५ जेठ २३, ०८:११

अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठको प्रमुख भूमिका रहने फिल्म ‘प्रसाद’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत अनुबन्ध भएका छन् । निःसन्तान दम्पत्तीको कथामा आधारित यस फिल्मलाई दिनेश राउतले निर्देशन गर्दैछन् । 
 चुनौतीपूर्ण र पृथक भुमिकाका लागि निश्चललाई लिइएको निर्माण पक्षले जानकारी दिएको छ । ‘स्क्रिप्टमा त्यो चरित्र निर्माण हुनासाथ मेरो दिमागमा आएको फस्ट इमेज नै निश्चल थियो’ निर्देशक राउतले भने, ‘उहाँलाई प्रस्ताव गरेपछि खेल्न राजी हुनुभएको हो ।’ निर्माता सुवाष थापाले मंगलबार निश्चलसँग सम्झौता गरेका छन् ।
 निर्माता थापाले निर्देशक राउतले स्क्रिप्ट अनुसार निश्चल नै हुनुपर्ने बताएपछि अनुबन्ध गरेको बताए । निश्चलले निर्देशक राउतले फिल्मको बारेमा र आफ्नो चरित्रका बारेमा भन्ने बित्तिकै आफूलाई चित्त बुझेर फिल्म साइन गरेको बताए । 
 निश्चलले भने, ‘जुन मैले अहिलेसम्म नगरेकै च्यालेन्जिङ रोल यसमा छ । सँगसँगै फिल्मको स्टोरी नै एकदमै राम्रो छ । स्टोरी पनि राम्रो हुनु र क्यारेक्टर पनि दमदार हुने बित्तिकै मलाई खेल्न रुची जागेको हो ।’ असार १ देखि छायांकनमा जाने तयारीमा रहेको ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । 
     निश्चलको आबद्धतालाई लिएर अभिनेता विपिन कार्कीले पनि खुशी व्यक्त गरे । विपिनले यसअघि निश्चलकै निर्देशनमा फिल्म ’लुट’ र ’लुट २’ मा अभिनय गरिसकेका छन् । निश्चलले विपिन र नम्रता जस्ता बलियो कलाकारसँगै काम गर्नु आफ्नो लागि चुनौती र अवसर दुवै रहेको बताए ।
 सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बन्न लागेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेछन् भने संगीत सुवाष भुसाल र कोशिष क्षेत्रीको रहनेछ । विकास सुवेदी फिल्मका एशोसियट डाइरेक्टर हुन् ।
 

कमेन्ट लोड गर्नुस