गायक राजु परियारलाई पितृ शोक
धनगढीः गायक राजु परियारलाई पितृ शोक परेको छ। उनका ७२ वर्षीय बुबाको आइतबार बिहान निधन भएको छ।
गायक परियारले सामाजिक सञ्जालमार्फत बुबाको निधनको खबर सार्वजनिक गरेका हुन्। लमजुङको बेंसीशहर नगरपालिका–२, चिसापानी घर भएपनि पछिल्लो समय चितवन भीमनगर बस्दै आएका परियारको उपचारको क्रममा निधन भएको छ। ३–४ वर्षयता फोक्सोसम्बन्धी समस्याबाट पीडित परियारको केही अगाडि काठमाडौंमा उपचार भएको थियो। तर स्वास्थ्यमा सुधार नआएपछि उनलाई चितवन पुर्याइएको थिया ।
लोक गायक परियारले फेसबुकमा लेखेका छन्– ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दसँैको टिका लगाउँदा भन्नुभाथ्यो । अर्को सालको दसैं म नहुन पनि सक्छु भनेर ! । सायद हजुरलाई थाहा थियो होला यी कुरा तर मलाइ भन्नुभएन किन ? जे होस् मेरो बुवाको जेठो छोरा म ... मेरो बुवाको अधुरा सपनाहरु सकेसम्म पुरा गर्नेछु । म बाट सदाका लागि बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चिर शान्तिको कामना बुवा हजुर ! मरन सत्य छ, तर मसँग झझल्को र आँसु बाहेक केहि छैन बुवा ।’