सुदूर नेपाललाई विश्वसँग जोड्दै

भ्रष्टाचार

२०७९ कार्तिक ५, ०६:०७ खबर संवाददाता

सत्यराज जोशी ‘शिपस’–

‘जहाँ भ्रष्टाचार नियन्त्रणका लागी
पर्चा र ट्याम्प्लेट छपाइन्छ 

त्यहाँ नै भ्रष्टाचार हुन्छ।’
एक  अज्ञात व्यक्तिको लेख  
“सोपान“ मा पढ्दा,

मुटुमा च्वास्स काँडा बिजे झै भयो 
नसा नसा मा रगत उम्ले झै भयो।

सोचे....त्यो भ्रष्टाचारीलाई भेटेको भए सायद 
म नै त्यसलाई फाँसी दिन्थे होला 

फाँसी दिने ठाउँमा नै हाँसी दिन्थे होला।

विकास को कुरा गर्दा अनी
कुन देश चन्द्रमामा पुगे 

कुन देश मंगलमा पुगे
हुन त, त्यति मात्र होर

विकास मा हामी भन्दा पछि परेका देश समेत 
अन्तरिक्षमा पुगे, हेर्नुहोस् यस्तो नतिजा 

भ्रष्टाचार अनि कुशासनले भएको होइन 
कार्यालयको भित्ता भित्तामा र सडकको पोल पोलमा 

भ्रष्टाचार विरुद्ध नारा लेखेर सिद्धान्तलाई पूजा गर्ने बानीले पनि होइन 

यो केवल भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन 
गरेको व्यावहारिक परिणाम हो।

सुन्दा,अचम्म लाग्छ अनी खुशी पनि 

देशमा संघीयता आयो 
हुन त विकेन्द्रीकरणको सिद्धान्त पनि छायो,

जनतामा विकास को आशा पलायो।
यदि विकासनै हुन संघीयता नै 

चाहिन्छ भने, ऐनामा झै छर्लङ्ग देखिने गरी 

वास्तविकता हेर्दा, त भ्रष्टाचार अनी कुशासन होइन 
असल आचरण सदाचार अनी सुशासन चहियो।

आज ट्राफिकमा भ्रष्टाचार,
भोली यातायातमा भ्रष्टाचार,

पर्सी मालपोतमा भ्रष्टाचार,
निपर्सी विकासमा भ्रष्टाचार

त्यति मात्र होर
अन्त्यमा आएर त,

विद्याकी देवी मानिने सरस्वतीको आश्रयस्थल 
शिक्षामा समेत भ्रष्टाचार।

एउटा कुरा भनूँ

यदी नालापानी र अंग्रेजहरूको युद्दमा 
बलभद्र कुँवर र बहादुर शाहले नै

भ्रष्टाचार गरेको भए के हुन्थ्यो होला।
एक छिन सोचौं त।................

फेरि भनूँ,
यदि भ्रष्टाचार गरेर नै देश बन्ने भए
राणा शासनमा नै बन्थ्यो होला

तर बनेन केवल रित्तिदै गयो 
त्यसैले भ्रष्टाचार होइन सदाचार चाहिन्छ

कुशासन पनि होइन सुशासन चाहिन्छ।

पृथ्वीनारायण शाहले उहिल्यै भनेका थिए

‘घुस लिन्या र दिन्या देशका शत्रु हुन्
यिनको जिउज्यान लिया पन 

पाप लाग्न्या छैन’ भने जस्तै 
उहाँ जस्तै दूरदर्शी त बन्न नसकुला हामी   
     
उहाँको दिव्योपदेशमाथी प्रहार
गर्न खोज्ने होइन्।

उहाँको भनाई लाई सार्थक बनाउन सक्नु पर्छ।
तर दुर्गमका जनताको लागि सिटामोल किन्न

छुट्टाएको पैसा खल्तीमा हाल्ने पनि होइन।
जेष्ठ नागरिकको भत्ताको को पैसा 

झुक्काएर आफ्नो खातामा हाल्ने होइन्।

सरकारी स्तरका संरचना बनाउँदा

कमसल सामग्री प्रयोग गरी 
संरचना भत्किने बनाउने होइन्।

दुर्गममा ट्र्याक खोल्दा दसकौ 
लगाउने पनि होइन।

यदि सक्छौं नै भने रुखको जरा झै
भ्रष्टाचार लाईउखेलेर फालौ।
              
किनकि हामीले भ्रष्टाचार बढाउने होइन 
त्यसलाई नियन्त्रण गर्नुछ।

कुशासन फैलाउनु होइन 
सुशासन प्रवर्द्धन गर्नु छ। 


           
 

कमेन्ट लोड गर्नुस