सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहले कारागारमै लगाए भाइटीका

फाइल तस्बिर
फाइल तस्बिर
२०७९ कार्तिक ११, ११:४७ खबर संवाददाता

काठमाडौँः कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन्। यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए।

शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिएका थिए। शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो। शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ २१ गते यौन दुरुपयोगमा गरेको आरोपमा दुई वर्ष छ महिना कैद सुनाएको थियो।

साथै, पीडितलाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना अदालतले तोकेको छ। तनहुँ जिल्ला अदालतमा भने शाहविरुद्धको मुद्दा कायमै छ।

कमेन्ट लोड गर्नुस